नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित रहेको नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेकले बताए ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ । हत्या हुनेहरुमा ५८ वर्षिय तेजबहादुर कार्की, उनका आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिया र ५ वर्षिय नातिनी गोमा कार्की छन् । नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेक अनुसार शव बाटोमा, बारीमा र खोल्सामा भेटिएको बताए ।
घटनाको अनुसन्धान भइरहेको र आइतबर राति नै सबैको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
