एमसीसीबारे यसो भने बाबुराम भट्टराईले

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकासँग चिट्ठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

आइतबार एक ट्विट गर्दै भट्टराईले यसमा राष्ट्रिय सहमति गरौं भन्दै तीन विषय समेटेका छन् । उनले वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, अमेरिकासँग चिट्ठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं भन्दै आफ्नो धारणा व्यक्त गरेका हुन् । त्यस्तै उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्ने बताए ।



भट्टराईले ट्विटरमा लेखेका छन्–’यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २.चीनसँगका बीआरआइ,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, ३.अमेरिकासँग चिट्ठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

भट्टराईको ट्विट :

भट्टराईको ट्विट :

सम्बन्धित समाचार