सडकको विरुद्ध र्‍याम्प वाक गरेपछि…(भिडियो सहित)

मध्य प्रदेशको राजधानी भोपालको सडकमा एउटा अनौठो दृश्य देखियो। महिला र बालबालिकाले खाल्डाखुल्डी सडकको विरुद्ध र्‍याम्प वाक (मडवाक) गर्दै सरकारविरुद्ध आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

दानिश नगर कालोनीका महिलाहरु र बच्चाहरु १ घण्टा सम्म ‘ए भाई जरा देखे चलो …’ गीतमा र्‍याम्प वाक गरेका थिए । र्‍याम्प वाक शपिंग कम्प्लेक्स मा डी १ – डी ३ लाई जोड्ने सडकमा गरिएको हो । प्रदर्शनको क्रममा महिलाहरुले नाराबाजी समेत गरेका थिए । दानिश नगरका निवासी अंशु गुप्ताले भनिन् – दानिश नगर कालोनीमा ४५० भन्दा बढी घरहरु छन्, सडकहरु जीर्ण छन्। वर्षाको समयमा हिड्न गाह्रो हुन्छ। धेरै पटक बासिन्दाहरु खाडलमा खसेर घाइते भएका छन्।



उनी भन्छिन् ‘कर नगरपालिकालाई तिर्ने गरिन्छ, यसको बावजुद, कोलोनीको सडकहरु खराब अवस्थामा छन्।’ यही कारण कोलोनीका महिलाहरु र बच्चाहरु हातमा प्लेकार्ड बोक्दै सडकको विरुद्ध आफ्नो क्रोध व्यक्त गरेका हुन् ।

भिडियो –

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार