ओली पक्षकी यी सांसदले गरिन् नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

सुदूरपश्चिमा प्रदेशमा एमाले परित्याग गर्दै सांसद माया तामाङ बोहरा पनि नेकपा (एकीकृत समाजवादी)मा गएकी छिन् ।अध्यक्ष केपी शर्मा ओली पक्षकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन् ।

बोहरा एकीकृत समाजवादीमा गएसँगै सुदूरपश्चिम प्रदेशमा पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ । यसअघि सुदूरपश्चिम प्रदेशका १३ जनाले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजेका थिए । २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।



प्रदेशमा १४ सांसदसहित एकीकृत समाजवादी पहिलो, १३ सांसदसहित माओवादी केन्द्र दोस्रो, ११ सांसद रहेको नेकपा एमाले तेस्रो र जनता समाजवादी पार्टी दुई सांसदसहित पाँचौं दल भएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

 

 

सम्बन्धित समाचार