नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौं ।

नेकपा एमालेका नेता महेश बस्नेतले माधव नेपालमाथि आरोप लगाएका छन् । बस्नेतले नेपालले हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका हुन् ।
आज (सोमबार) काठमाडौँमा युवासंघ नेपालले आयोजना गएको कार्यक्रममा नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोको जत्रो बनाएको आरोप लगाउदै बस्नेतले नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुगेको बताए ।
उनले भने ‘नेता माधव नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोकोजत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुग्नुभयो ।’ त्यस्तै बस्नेतले भने ‘उहाँ प्रधानमन्त्री हुँदा प्रचण्डले देशव्यापी आमहड्ताल घोषणा गर्नुभयो, माधव नेपालको सरकारले वार्ताको आव्हान गर्दा प्रचण्डले भन्नुभयो–म वार्ता नोकरसँग होइन मालिकसँग गर्छु ।’
बस्नेतले आफूहरुले त्यसबेला युथफोर्स बनाएर माधव नेपालको सरकार जोगाएको भन्दै माधव नेपाल थरथर भएर राजीनामा दिएको बस्नेतले बताए । यस्तै बस्नेतले नेपालले एमालेलाई चुनौती दिन नसक्ने दाबी गरे ।

