विद्यार्थीले जलाए गृहमन्त्रीको पुत्ला

माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला जलाएका छन् । गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिँदै विज्ञप्ति निकालेपछि विद्यार्थीले त्यसको विरोधमा गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पस बाहिर अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला दहनसहित विज्ञप्ति पनि जलाएका थिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा मोदीको पुत्ला दहन गरेका थिए ।



गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति निकाल्दै मोदीको विरोध गर्नेलाई कारवाही गर्ने निर्णय गरेको थियो । त्यस्तै,  विद्यार्थीहरूले एमसीसीको समेत विरोध गर्दै सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थी जलाए गृहमन्त्रीको पुत्ला

सम्बन्धित समाचार