नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार ) स्थिर रहेको छ । सोमबार तोलामा रु १०० घट्दै ९१ हजार ४०० मा कारोवार भएको छापावाला सुनको आज पनि स्थिर रहदै सोहि मूल्यमा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन पनि सोमबारकै मूल्य अनुसार रु ९० हजार ९०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य सोमबारको मूल्य अनुसार नै तोलाको रु १ हजार २३० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।