प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा गरेको छ । आज (मंगलबार) गृह मन्त्रालयले प्रजिअ पराजुलीको सरुवा गरेको हो ।

पराजुलीलाई सरुवा गरेपछि प्रजिअको जिम्मा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव प्रसाद रिजाललाई दिइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।



पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

सम्बन्धित समाचार