माधव नेपाललाई सुरेन्द्र पाण्डेको यस्तो आग्रह

एमालेमै फर्किए क्षमादान दिने

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । आज (मंगलबार) पोखरा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पाण्डेले माधव नेपाल समूह एमालेमा फर्किए क्षमादान दिने बताएका हुन् ।

पाण्डेले नेपालले एमाले पार्टी विभाजन गरेर ठूलो गल्ती गरेको भन्दै पार्टी विभाजनले मुलुक अस्थिरता तर्फ धकेलिएको बताए । पाण्डेले भने , ‘कम्युनिष्ट पार्टीमा नेताहरुको आन्तरिक झगडाका कारण पटक पटक पार्टी विभाजन हुँदै आएको छ, नेताहरुको आन्तरिक झगडाले सोभियत संघ समेत टुक्रियो । ‘ पाण्डेले नेपाललाई यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर, उहाँ पार्टी छोडेर गएको बताउँछन् ।



पाण्डेले माधव नेपालले १० बुँदे सहमतिलाई नमानेर पार्टी विभाजन गरेको आरोप लगाए । त्यस्तै उनले पार्टी एकता जोगाउन प्रयासरत रहेको बेला माधव नेपालले धोका दिएको बताए । नेता नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो रोजेको पाण्डेको भनाइ छ ।

सम्बन्धित समाचार