एमाले छोड्ने तयारीमा रहेका प्रभु साहले नयाँ पार्टी गठन गर्ने

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । राजनीतिक वृतमा कुनै न कुनै रुपमा चर्चामा रहने साहले नयाँ दल दर्ताका लागि गृहकार्य थालेको स्रोतको दाबी छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता साह नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य थिए । नेकपा खारेज भएपछि केपी शर्मा ओलीलाई साथ दिँदै एमाले प्रवेश गरेर साह पुनः मन्त्री बनेका थिए । तर, एमालेमा भनेजस्तो परिस्थिति नबनेपछि साह नयाँ पार्टी गठन गर्ने तयारीमा जुटेका हुन् ।



२०७७ पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको बाटो रोजेपछि साह पनि ओलीसँगै ‘प्रतिगमन ठीक’ भन्ने पक्षमा थिए । नेकपा खारेज भएपछि एमालेबाट मन्त्री भएपछि माओवादीविरुद्ध कडा भाषण गर्दै आएका साहले एमालेमा उचित ठाउँ पाउन सकेनन् । माओवादीबाट एमाले प्रवेश गरेका अन्य नेताले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए । तर, दुई–दुई पटक स्थायी कमिटी विस्तार गर्दा पनि साह परेनन् । त्यसैबाट उनी रुष्ट थिए ।

सम्बन्धित समाचार