एमसीसीमा सघाउन महन्थ ठाकुरलाई देउवाको आग्रह, दिए यस्तो जवाफ

प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर अमेरिकी सहयोगको एमसीसी परियोजना सम्झौता पारित गर्न सघाउन आग्रह गरेका छन् ।

भोलि बुधवारदेखि शुरू हुने संसद अधिवेशनमा सम्झौता टेबुल गर्ने तयारी गरेको सरकारले समर्थन जुटाउन सक्रियता देखाएको छ । प्रधानमन्त्री देउवाको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष ठाकुरले एमसीसीको समर्थन गर्ने प्रतिबद्धता जनाएका लोसपानिकट स्रोतले जानकारी दिएको छ ।



मंगलवार बसेको संसदीय दलको बैठकमा देउवाले एमसीसी लागू भएमा अमेरिकी सेना आउने भ्रम फैलाइएको स्पष्टीकरण दिएका थिए ।

सम्बन्धित समाचार