नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।


नेपाली चलचित्रकी नायिका ऋचा शर्मा आमा बनेकी छिन् । नायिका शर्माले छोरालाई जन्म दिएकी हुन् ।
टीभी रियालिटी शो कमेडी च्याम्पियनको आधिकारिक पेजमा उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । उक्त पोस्टलाई नायिका अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् । अहिले उक्त पोस्टमा बधाई दिनेको ओइरो लागेको छ ।
गत साता उनले कमेडी च्याम्पियनबाट केही समयका लागि बीदा लिएकी थिइन् । यसअघि शर्माले श्रीमान दीपेक्ष राणासँगै वृक्षमा पानी हालिरहेको तस्बिर शेयर गर्दै ऋचाले आमा बन्न लागेको जानकारी साझा गरेकी थिइन् । नयाँ जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमानले सजीवनको रुख रोपेको उनले बताएकी हुन् ।
यसो छ पोस्ट :
