प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु भएको हो ।

यसैबीच प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । बैठक १५ मिनेटको लागि स्थगित गरिएको सभामुखले जानकारी दिएका छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । यसपटक संघीय संसद्‍मा नेकपा एमाले विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन् ।

भिडियो –

भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार