‘बीपी कोइरालाको परिकल्पना गरेको मार्गचित्रले अझै सार्थकता पाउन सकेको छैन’

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् ।

जननायक बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज(बिहीबार) एक सन्देश दिँदै उनले स्व. कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताएका हुन् ।



महामन्त्री डा. कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व. कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवम् लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सहि गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उनीप्रति श्रद्धाञ्जलि हुने बताए ।

सम्बन्धित समाचार