नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

काठमाडौंको सेतो पुलमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रहरीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । यद्यपि उक्त बस्तुलाई बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
आज (बिहीबार) बिहान अस्पतालको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु टाइमरजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । शौचालयमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यस्तै विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली अस्पताल पुगेको थियो ।
उक्त बस्तु एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको प्रहरीले जानकारी दिएको छ ।

