प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आज (बिहीबार) हात्तिवनस्थित् एक अपार्टमेन्टमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र एमसीसीको विषयमा छलफल भएको एक स्रोतले बताएको छ । सत्ता गठबन्धनमा आवद्ध यी नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउने तयारी गरेपछि यस विषयमा छलफल गर्न भेटवार्ता गरेका हुन् ।



त्यस्तै प्रधानमन्त्री देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारी गरेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार