माधव नेपालले एमसीसी स्वीकार्न सकिँदैन भनेपछि निराश भइन् फतिमा

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहीबार अपरान्ह भएको भेटका क्रममा अमेरिकी परियोजना मिलेनियनम च्यालेन्ज कर्पोरेसनबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए। छलफलमा सहभागी समाजवादीका नेता गंगालाल तुलाधारले बताए अनुसार नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएक अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेका थिए।



‘हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ’, एमसीसी उपाध्यक्ष सुमारको भनाइ उद्धृत गर्दै तुलाधरले भने, ‘एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।’

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्। अध्यक्ष नेपालले एमसीसी टोलीसँगको छलफलमा कुनै पनि अनुदानमा घुसेर आउने षड्यन्त्र मान्य नहुने पनि बताए।

त्यसपछि उपाध्यक्ष सुमारले एमसीसी सैन्य रणनीतिको अंश हुँदै नभएको तर्क गरेकी थिइन्। एमसीसी टोलीले अमेरिकी सरकारको दस्तावेज नै ल्याएको बताएका छन्। जवाफमा नेता नेपालले अहिले पाँच दलीय सरकार भएकाले एमसीसीबारे साझा धारणा बनाउन जरुरी रहेको पनि बताएका छन्।

सम्बन्धित समाचार