तत्काल चार मन्त्री थप्ने देउवाको तयारी, को-को बन्दैछन् मन्त्री ?

दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्न सत्तारुढ दलहरू सहमत भएसँगै प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद्मा चार मन्त्री थप्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो बसेको बैठकमा एक–दुई दिनमै मन्त्रिमण्डल विस्तार गर्ने र केही समयपछि पूर्णता दिने सहमति भएको हो ।

एकीकृत समाजवादीविरुद्ध एमाले अध्यक्ष केपी ओलीले सर्वोच्चमा रिट दायर गरेको र जसपाले निर्णय गरी नसकेकाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्ने सहमति जुटेको हो । पहिलो चरणमा कांग्रेस र माओवादीबाट चार मन्त्री थपिनेछन् ।



बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

को को बन्दैछन् मन्त्री ?
कांग्रेसबाट सचेतक पुष्पा भुसाल, डा नारायण खड्का, मिनेन्द्र रिजाल, सुजाता कोइराला, तेजुलाल चौधरी, उमाकान्त चौधरी मन्त्री बन्ने लाईनमा छन् । यीनैबाट पहिलो चरणमा २ जनालाई मनित्रपरिषद्मा लैजाने देउवाको तयारी छ । देउवाले गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याइसकेका छन् ।

त्यसै गरी, माओवादी केन्द्रबाट कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन् । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ । माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ । स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । महिलाबाट शशी श्रेष्ठको नाम चर्चामा छ । प्रचण्डले यीनै मध्येबाट २ जनालाई दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचार