नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज बिहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ‘आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् । यो नियमति बैठक हो ।’
बिहान ९ बजेबाट गठबन्धनका शीर्ष नेताहरुबीच बैठक बस्दै छ । बैठकले मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे सहमति खोज्नेछ । गठबन्धनकै सहमति बमोजिम देउवाले चार मन्त्री थप्ने तयारी गरिरहेका छन् ।

