अर्जेन्टिना, उरुग्वे, ब्राजिल, पाराग्वे र कोलम्बिया विजयी

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बोलिभिया अर्जेन्टिनासँग ३-० ले पराजित हुन पुग्यो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । एकतर्फी बनेको खेलमा खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले थप दुई गोल गर्यो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।



मेस्सी

जितसँगै अर्जेन्टिना ८ खेलमा ५ जित र ३ बराबरी सहित १८ अंक जोड्दै दोस्रो स्थानमा छ भने ९ खेलमा १ जित, ३ बराबर र ५ हारसहित ६ अंक जोडेको बोलिभिया नवौं स्थानमा रहेको छ । बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । यसअघि पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । तर मेस्सीले १ सय ५३ खेलमा ७९ गोल गर्दै आफ्नो नाममा कीर्तिमान राखेका छन् ।

यस्तै, दक्षिण अमेरिकी छनोट अन्तर्गत नै भएको अन्य खेलमा उरुग्वेले इक्वेडरलाई १-० ले पराजित गर्दा ब्राजिलले पेरुलाई २-० ले स्तब्ध बनाएको छ । त्यसैगरी अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई २-१ ले पराजित गरेको छ बने कोलम्बियाले चिलीलाई ३-१ ले हराएको छ ।

उरुग्वे

ब्राजिल

कोलम्बिया

 

सम्बन्धित समाचार