प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

आज बसेको बैठकमा सुरु देखिनै प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएका छन् । यस अघि पहिलो बैठक बसेपछि सदन फेरि १५ मिनेटको लागि स्थगित गरिएको थियो ।



एमालेको विरोधबीच बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको घोषणा गरेका थिए । त्यस्तै सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मा ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

सम्बन्धित समाचार