नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) ४०० रुपैयाँले ओरालो लागेको छ । शुक्रबार १०० रुपैयाँ बढ्दै रु ९० हजार ७०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज भने रु ९० हजार ३०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन शुक्रबार रु ९० हजार २०० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै तोलाको रु १ हजार १९५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।