मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि सहयोग

मुक्तिनाथ विकास बैंकले लि. ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघ सस्थाहरुलाई सहयोग गरेको छ । बैंकले भदौ महिनामा मात्र ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको हो ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ को लागि रु ५०,००० रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ । यसैगरी बैंकले कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुको लागि प्रतिक्षालयहरुमा कुर्सीहरुको अभाव भएको हुँदा ३ थान ३ सिटरको कुर्सी मालपोत कार्यालय कास्कीलाई हस्तानतरण गरेको छ ।



यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउनको निमित्त रेश्ट फाउन्डेसन अन्तर्गतका हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाको लागि किताब राख्ने दराज निर्माणको लागि रु ४०,००० सहयोग गरेको छ ।त्यस्तै, भैसेँपाटी स्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उत्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ ।

यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मृगौला प्रत्यारोपणको लागि रु ५०,००० सहयोग गरेको छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

सम्बन्धित समाचार