भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी

मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीमा एक महिलाले अचम्मको उजुरी दर्ता गरेकी छिन् । स्थानीय महिलाले २३ वर्षीय छिमेकीलाई आफ्नो श्रीमानलाई उत्तेजित पार्न ती महिलाले भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेकी हुन् ।

४२ वर्षीय युभित्जा इले आफ्नी “निर्लज्ज” छिमेकी विरुद्ध औपचारिक आरोप लगाउदै उनले “नैतिकता र सभ्यता” भंग गरेको आरोप लगाएकी छिन् । उनले प्रहरी अधिकारीहरुलाई भनिन् – ‘शनिबार मेरो श्रीमान घरमा भएको बेला उनी सधै आफ्नो भित्री वस्त्र धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु ।’ त्यस्तै, उनले ती महिलालाई यस्तो कार्य नगर्नु भन्दा पनि उनले यो कार्य गर्न नछोडेको बताइन् ।



युभित्जाले प्रहरीलाई ती महिलालाई पक्राउ गर्न आग्रह गरेकी छिन् । तर, प्रहरीले ती महिलाले कुनै अवैध काम नगरेको भन्दै कारबाही गर्न नमिल्ने भन्दै युभित्जालाई सम्झाए । प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान र महिलालाई सँगै राखेर भविष्यमा यस प्रकृतिको द्वन्द्वबाट बच्न सल्लाह दिएको छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार