प्रधानमन्त्री देउवाले डल्लु पुगेर भेटे खनाललाई, मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्न खनालको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्।

खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।



खनालसँगको भेटमा देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे सुझाव पनि मागेको बताइन्छ । खनालले मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्न सुझाव दिएको बताइन्छ ।

सम्बन्धित समाचार