प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका अनुसार मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

यस्तै भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।



एमालेको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले आज १ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेका छन्। आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी रहेको छ ।

सम्बन्धित समाचार