प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ। गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । त्यस्तै आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेकमाथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।



यस्तै भारतका लागि पूर्व नेपाली राजदूत रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी रहेको छ ।

भिडियो –

भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार