यी महिला हरेक शुक्रबार बेहुलीको पहिरनमा सजिन्छिन्

विवाह गरेको दिनको केटीलाई बेहुली भन्ने गरिन्छ । विवाहको भोलिपल्ट देखि उनीलाई कसैले पनि बेहुली भन्दैनन् । तर, पाकिस्तानकी एक महिला हरेक शुक्रबार बेहुलीको पहिरनमा सजिन्छिन् ।

हिरा जिशान नाम गरेकी ४२ वर्षीय महिला हरेक शुक्रबार आफूलाई बेहुलीको रुपमा सजाउँदै आएकी छिन् । लाहोरकी बासिन्दा हिरा अहिले पाकिस्तानमा चर्चाकी विषय बनेकी छिन् । पछिल्लो १६ वर्षदेखि उनी बेहुलीको पहिरनमा हरेक शुक्रबार सजेकी हुन्छिन् । तर, उनी बेहुली रहरले नभई एउटा भावुक कारणले बनेकी हुन् ।



हिराकी आमा १६ वर्षअघि निकै बिरामी भएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको थियो । मृत्युअघि उनी आफ्नो छोरीको विवाह हेर्ने इच्छा भएपछि हिराले अस्पतालमै एकजना रक्तदाता युवकसँग बिहे गरिन् । बिहे गरेको केहि दिनपछि उनकी आमाले यो संसार छोडेर गइन् । आमको मृत्युपछि उनी निकै पीडामा रहिन् ।

हिराले बिहेपछि आफ्ना ६ बच्चालाई जन्म दिइन्, जन्मेका ६ मध्ये २ जनको मृत्यु भयो । त्यसपछि उनमाथि थप पीडा थपियो । यहि पीडालाई कम गर्नको लागि उनी हरेक शुक्रबार बेहुली बन्दै आएकी छिन् । हिराले हप्ताको एक दिन बेहुलीको पहिरनमा सजिँदा आफूलाई निकै खुसी मिल्ने बताएकी छन् ।

 

 

सम्बन्धित समाचार