यी दुई सांसदले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

नेकपा एकीकृत समाजवादी रोज्न पाउने

सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । सांसद पाण्डे र राष्ट्रिय सभाकी सदस्य भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासमा भएको सुनुवाइमा उनीहरुलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । आयोगमा उनीहरु दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट मात्र पुगेका थिए । आयोगले नयाँ दलको मान्यता दिनका लागि सनाखत लिँदा उनीहरुको नाम सुरुमा निवेदन दिने व्यक्तिहरुको सूचीमा नभएको भन्दै सनाखत गराएको थिएन।



उनीहरुको नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद पद गुम्ने भएकाले उनीहरुले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । यसअघि उनहिरुको भदौ २७ गते न्यायाधीश मीरा खड्काले उक्त मुद्दामा सुनुवाइ गर्दै उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन आदेश जारी गरेको थियो । साथै न्यायाधीश खड्काकोे इजलासले सो विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेशसमेत गरेको गियो ।

सम्बन्धित समाचार