नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदाै ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको बताएका छन्। मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार्ज को हुने भन्ने बताइसक्नु भएको छु, उनले भने, ‘अब यता कुनै विवाद छैन।’
उपाध्यक्ष भीम रावल र आफ्ना बीचमा बाहिर आए जस्तो कुनै मतभिन्नता नरहेको उनले दाबी गरे। दश बुँदे सहमति जस्ताको त्यस्तै लागू हुने भन्ने कुरा नरहेको उनको भनाइ छ। उनले तल्लो तहसम्म कार्यान्वयन गर्ने विषयमा एकीकरण प्रक्रियाबाट आएकालाई समेत समेट्ने गरेर तीन सदस्यीय समिति बनेको र रावलले त्यसको सहजीकरण गर्ने बताए।
भट्टले आफूहरु समेतले उपाध्यक्ष रावललाई नेता नै मानेको भन्दै कुनै विवाद नभएको बताए। सभामुख अग्नि सापकोटा सभामुख नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता बनेको भट्टको आरोप छ।

