सभामुखले निष्पक्ष भएर काम गर्न नसक्दा संसद् अवरुद्ध गर्नुपर्यो : ओली

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

नेकपा एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।



आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’, उनले भने । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।’ अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौँबाट त्यहाँ गएका हुन् ।

सम्बन्धित समाचार