किन स्थगित भयो लुम्बिनी प्रदेशसभाको बैठक ?

लुम्बिनी प्रदेशसभाको आज (बुधबार) का लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको छैठौं बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि स्थगित गरिएको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो ।



भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्मका लागि स्थगन भएको थियो ।

सम्बन्धित समाचार