ओलीले आज बुटवलमा सम्बोधन गर्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज(बुधबार) बुटवल जाँदै छन् । एमाले अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न ओली बुटवल गएका हुन् ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईँले बताए। भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेका सचिव भुमिश्वर ढकालले बताए ।



ओलीले हिजो मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

 

सम्बन्धित समाचार