यी जिल्लामा कांग्रेसले क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धि विवाद थप ८ जिल्लामा टुङ्ग्याएको छ । कांग्रेसले काभ्रे, मोरङ, महोत्तरी, बर्दिया, पर्सा, कैलाली र सिन्धुपाल्चोकका क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।

नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद समाधान भएको हो । तर, कांग्रेस निर्वाचन समितिले ८ जिल्लाको सदस्यतामा नामावली भने बुझेको छैन् । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सदस्यता नामावली बुझाएको छ ।



त्यस्तै, समितिले अन्य जिल्लाका विवाद पनि चाडै समाधान गर्ने तयारी रहेको बताएको छ । सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा गरी प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ ।

सम्बन्धित समाचार