प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर हुन् : टोपबहादुर रायमाझी

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर रहेको बताएका छन् ।

नेकपा (एमाले) ले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव कांग्रेसको पुच्छर रहेको भन्दै आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएको आरोप लगाए । रायमाझीले पुच्छर भएर हिड्ने मान्छेले समाजवादको कुरा गर्न नसुहाउने बताए ।



प्रचण्ड र माधवले गद्दारी गरेको भन्दै रायमाझीले आगामी निर्वाचनबाट एमालेविरोधी गठबन्धनलाई पराजित गर्ने दाबी गरे । रायमाझीले दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पराजित गर्ननसक्ने दाबी गर्दै माओवादी पृष्ठभूमिको हामी ओलीकै नेतृत्वमा समृद्ध हुन्छ भनेर जोडिएको बताए । उनले भने,‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् ।’

सम्बन्धित समाचार