आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ८४४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १२ हजार ५२४ पीसीआर परीक्षणमा एक हजार ३३२ जना र चार हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार २२० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ४३ हजार ५२६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ रहेको छ । जसमा २४ हजार ६८३ जना होम आइसोलेसनमा छन् भने १ हजार ६२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०७ संक्रमित आईसीयूमा र १२९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८० हजार ८२४ र एन्टिजेन विधिबाट ८७ हजार ८४१ जना पुगेको छ ।

सम्बन्धित समाचार