च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विजयी

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिग सिटीसँग ६-३ ले पराजित हुन पुग्यो ।

बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लाई ६–३ गोल अन्तरले हरायो । सिटीको घरेलु मैदानमा भएको खेलमा खेलको १६ औं मिनेटमा नाथन एकेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा लाइपजिगका नोर्डी मुकीको आत्मघाती गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो ।



त्यस्तै, खेलको ४२ औं मिनेटमा क्रिस्टिोफर नकुन्कुले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीमा गोल गरेपछि सिटी पहिलो हाफमा ३–१ ले अघि रह्यो । दोस्रो हाफको ५१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा नकुन्कुले गोल गर्दै लाइपजिगलाई ३-२ को अवस्थामा ल्याए ।

सिटीले खेलको ५६ औं मिनेटमा ग्रिलिसको गोलमार्फत ४–२ ले अघि बढ्यो । यस्तै, खेलको ७३ औं मिनेटमा नकुन्कुले ह्याट्रिक पुरा गर्दै खेललाई ४–३ को अवस्थामा पुर्याएका थिए । त्यसैगरी खेलको ७५ औं र ८५ औं मिनेटमा जोआओ क्यान्सलो र ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई ६–३ को फराकिलो जित दिलाए । लाइपेजिगका एन्जेलिनोले खेलको ७९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि ११ मिनेट लाइपेजिगले १० खेलाडीमा समेटिएको थियो । ।
जितसँगै समूह एमा सिटीले ३ अंक जोडेको छ भने लाइपेजिग अंक विहिन रहेको छ ।

त्यस्तै, गए राति नै भएको अन्य खेलमा पीएसजी र क्लब ब्रुगले बराबरी खेल्दै अंक बाँडेका छन् भने सिरि ए क्लब एसी मिलान इंग्लिस क्लब लिभरपुलसँग ३–२ ले स्तब्ध हुन पुग्यो । यस्तै समूह ‘बी’को अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् भने डच क्लब अजाक्सले पोर्चुगलको स्पोर्टिङ लिस्वोनलाई ५–१ गोल अन्तरले हराएको छ । त्यसैगरी समूह ‘सी’ को अर्को खेलमा बोरुसिया डर्टमण्डले इस्तानबुलको बेसिक्टासलाई पराजित गरेको छ ।

सम्बन्धित समाचार