नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले मदन भण्डारी मारिनुमा राजनीतिक कारण भएको बताएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।
नेता थापाले राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताए । उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे । थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’
सम्बोधनमा क्रममा थापाले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थीमाथि एमालेको विजय भएको भन्दै माधव धेरै दिन नटिक्ने दाबी गरेका छन् । त्यस्तै उनले आगामी दिनमा राज्यका सबै सत्तामा एमालेले कब्जा जमाउने बताए ।

