सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गर्दै प्रशासन कार्यालयले निकाल्यो यस्तो विज्ञप्ति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आज एक आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरोध गरेका हुन् ।

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।



प्रशासनको आदेश अनुसार स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजे र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न पाइने छैन । यस्तै सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

सम्बन्धित समाचार