संचय कोषको ६०औं वार्षिकोत्सव : सञ्चयकर्ता घरजग्गा खरिद कर्जाको घोषणा

कर्मचारी सञ्चय कोषले आज २०७८ भाद्र ३१ गते आफ्नो स्थापनाको ६०औं वार्षिकोत्सव भौतिक तथा भर्चुअल माध्यमबाट कोषको केन्द्रीय कार्यालय पुल्चोकमा कार्यक्रम आयोजना गरी मनाएको कोषले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

कोषद्वारा आयोजित वार्षिकोत्सव कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै माननीय अर्थमन्त्री जनार्दन शर्माले वित्तीय स्रोतमा भएको वृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधिप्रतिको बढ्दो निर्भरतासँगै वित्तीय प्रणालीमा जोखिम बढिरहेकोले कर्मचारी सञ्चय कोषसमेत सो जोखिमबाट प्रभावित हुने हुँदा यसतर्फ कोष सचेत रहनुपर्ने कुरा बताए । अर्थमन्त्री शर्माले वित्तीय स्रोतको व्यवस्थापन र सञ्चयकर्ताको सेवाको दृष्टिकोणबाट कोषका गतिविधि सन्तोषजनक रूपमा अघि बढिरहेको र संस्थागत सुशासन तथा जोखिम व्यवस्थापन क्षेत्रमा कोषले थप सुधार गर्नुपर्ने कुरा औंल्याउँदै कोषका गतिविधिको नियमनका लागि अलग्गै र प्रभावकारी नियमनकारी निकायको व्यवस्था भइनसकेको वर्तमान समयमा कोष सञ्चालक समिति र व्यवसथपनले स्व–नियमनकारी भूमिका समेत निर्वाह गर्दै योगदानमा आधारित निवृत्तभरण कोष समेतको समग्र व्यवस्थापनमा विशिष्टिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सो कार्यक्रममा बोल्दै नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करले सञ्चय कोष योगदानका अतिरिक्त विगत २ वर्षदेखि सञ्चालनमा रहेको योगदानमा आधारित निवृत्तभरण कोषमा संकलित करिब ४ खर्ब ४४ अर्ब बराबरको स्रोतको कुशल व्यवस्थापन गर्न सफल भई विश्वसनीय संस्थाको रूपमा सबैको विश्वास जितेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै कोषका निमित्त प्रशासक जितेन्द्र धितालले कोष साठी वर्षमा प्रवेश गरेको उपलक्ष्यमा समस्त सञ्चयकर्ता तथा कोष परिवारप्रति बधाई तथा शुभ–कामना व्यक्त गर्दै सञ्चयकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालनबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्ने एवम् सेवा प्रवाहमा गुणामत्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । निमित्त प्रशासक धितालले कोषको वर्तममान अवस्था, आर्थिक वर्ष २०७७÷७८ मा भएको प्रमुख उपलब्धिहरूको समीक्षा र कोषको भावी योजना र प्रतिबद्धता सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य एवम् कोषमा क्रियाशील ३ वटा कर्मचारी युनियनका अध्यक्षहरूले शुभ–कामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करले कोभिड १९ संक्रमण जोखिमका कारण भौतिक रूपमा उपस्थित हुन नसकेका कोषमा २५ वर्ष सेवा अवधि पूरा गरेका २२ जना कर्मचारीलाई प्रदान गर्ने दीर्घसेवा पदक र प्रमाणपत्रहरू एवम् २०७७ सालको एसईई परीक्षामा उतीर्ण हुने कोषमा कार्यरत कर्मचारीहरूका ८ जना छोरा÷छोरीहरूलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्न कोषका निमित्त प्रशासक जितेन्द्र धिताललाई एकमुष्ठ रूपमा हस्तान्तरण गरिएको थियो ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताहरूको सञ्चय कोष ३९८ अर्व ६ करोड र योगदानमा आधारित निवृत्तभरण कोष १ अर्ब ५८ करोड गरी जम्मा ४४४ अर्व भन्दा बढीकोे वित्तिय स्रोत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरू प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा कोषले सञ्चयकर्ताहरूको लागि भाद्र ३१ ग्तेदेखि नै सञ्चयकर्ता घरजग्गा खरिद कर्जाको शुरूवात समेत गरेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरू माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबद्र्धित विभिन्न जलविद्युत आयोजनाहरू लगायत अन्य आयोजनाहरूमा ऋण लगानी गरिरहेको छ भने नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरूको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरूवात गरेको पनि उल्लेख छ ।

सम्बन्धित समाचार