मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक (भिडियोसहित)

पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।  गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो ।



माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाई लाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ ।

विक्रम डिसीको छायाँकन , मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ ।

मौलिक पुर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा सस्कार र सस्कृतिलाई समेटिएको गायिकाले बताइन ।

गीतको भिडियोमा विल्सन विक्रम राई , एलिसा राई , सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

भिडियो-

https://www.youtube.com/embed/DgAxX56ghVQ?si=WKglgiNduekevJbe

सम्बन्धित समाचार