नवकान्तिपुर संवाददाता
म्याग्दी, ४ कार्तिक।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि बुधबार टिका र जमरा लगाएर बडादशैं पर्व मनाएका छन् ।
नेपालीको महान् पर्व बडादशैंका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरुले मनाएका सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिनुभयो ।
“घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादशैंको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौ,” उहाँले भन्नुभयो “पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ ।”
घोडेपानी–पुुनहिल विश्वप्रसिद्ध अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो । घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूूर्ण र माछापुुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ ।
घोडेपानी समुन्द्रि सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित छ ।

