नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असाेज ।
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीनकुने, नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरूलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रूपैया एक लाख दश हजार मुल्यबराबरको दुई थान कम्प्युटर सेट सहयोग स्वरूप प्रदान बैंकद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका तर्फबाट बंैकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीमबहादुर लामालाई एक समारोहका बीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंक तथा वृत्तका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेका थियो ।