नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ, तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार र २४ वर्षीय उमेश विक रहेका छन् ।
उनीहरुले बालिकालाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको छ ।

