‘एमसीसी सम्झौता गर्ने कांग्रेस र माओवादी, गाली खाने केपी ओली ?’

नेकपा एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलेले प्रचण्ड र माधवकुमार नेपालहरुले एमसीसीलाई बिगतमा केपी ओलीविरुद्ध दाउपेचको विषय बनाएको भन्दै अब सरकारले एमालेको सहयोगबिना पनि पारित गर्न सक्ने बताएका छन् ।

टोखाको नयाँ किरण समूहले काठमाडौंमा आयोजना गरेको ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिए ।



विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी अघि बढाउन खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै एमसीसी गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे ।

ज्ञवालीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने बेला शेरवहादुर देउवा नै प्रधानमन्त्री रहेको र त्यो सरकारलाई अहिलेजस्तै माओवादीको बलियो समर्थन रहेको भन्दै बेठिक भए त्यसको जिम्मेवारी पनि देउवा र प्रचण्डले नै लिनुपर्ने बताए ।

सम्बन्धित समाचार