नेताहरुको कार्यविभाजन टुंग्याउन केपी ओलीले बोलाए एमालेको स्थायी कमिटीको बैठक

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।



नेकपा एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते आयोजना हुँदैछ। एमालेले त्यसको तयारी अघि बढाइरहेको छ। साथै आजको बैठकमा नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार