नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।
सावित्री कंचनजंगा अगरबत्तीले विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाका बीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
सावित्री कंचनजंगा अगरबत्तीले सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी ‘रक्तदान नै जीवनदान हो’ भन्ने भावनाबाट अभिप्रेरित भई उक्त मानवीय कार्यमा जोडिएको गरेको जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणको त्रास रहिरहेको र जारी निषेधाज्ञाका कारण देशका विभिन्न भागमा रगत सङ्कलन प्रभावित भएको समाचार प्राप्त भएपछि रगतको अभाव हुन नदिन थोरै भए पनि योगदान पुगोस भनेर आफ्नै कर्मचारीहरूको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत संकलन भएको थियो ।