नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रदान गरेको पदकका विषयमा आक्रोश पोखेका छन् । आज (आइतबार) संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आक्रोश पोखेका हुन् ।
उनले पदक आफ्नाहरुको लागि पदह बाँडेको भन्दै पदकहरूले नै कसको घाँटीमा गइरहेको छु भन्दै लाज मानेको बताए । अध्यक्ष ओलीले आफन्तलाई पदक दिने हो भने “किन राष्ट्रपतिबाट बाँडिरहनुपर्यो मानपदवी ? बनिरहेकै ठाउँबाट लैजाऊ’ भने । अध्यक्ष ओलीले भने, ‘संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित भएको अनुभूति गर्न, गर्व गर्न पाउनुपर्नेमा बालाई सम्मान, श्रीमतीलाई सम्मान गरिएको छ ।
त्यस्तै ओलीले , ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’ भन्दै आक्रोश पोखे । पदकको विषयमा कटाक्ष गर्दै ओलीले भने ‘म अरु जस्तो पदलोलुप छैन, नातावादी कृपावादी छैन् । म जनताका लागि भनेर बाहिर जतिसुकै भाषण गर्ने तर मौका पाउँदा हेर्नुस त अलंकार, पदक, विभूषणहरूको नाकमा कालो पोतेको ।’
उनले पदकहरूले नै लाज मानिरहेको भन्दै बोल्न सक्ने भए उफ्रन्ते, तर बोल्न सक्दैनन् भने । त्यस्तै उनले पत्रकार, अदालत र न्यायाधीशहरुको पनि चर्को आलोचना गरे ।

