घिमिरे बन्धुहरूको गाउँपालिका स्तरीय कार्य समिति गठन

नुवाकोटको ककनी गाउँ पालिका वडा नं. २ स्थित शिवालय माविमा हालै गाउँ पालिकास्तरीय घिमिरे बन्धु समाजको समन्वय समिति गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा ११ सदस्यीय कार्य समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको हो ।

सीताराम घिमिरेको अध्यक्षतामा नवगठित गाउँ पालिकास्तरीय कार्य समितिको उपाध्यक्षमा यदुनाथ घिमिरे, सचिवमा सीताराम घिमिरे, कोषाध्यक्षमा शिवराम घिमिरे तथा सदस्यहरूमा विन्दा घिमिरे , देवकी घिमिरे, धर्मराज घिमिरे ,कृष्णप्रसाद घिमिरे, रमेश घिमिरे र लेखनाथ घिमिरे रहेका छन् ।



त्यसैगरी नवराज घिमिरेको संयोजकत्वमा एक सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिका अन्य सदस्यहरूमा प्रकाश घिमिरे, उत्तम घिमिरे, गोविन्द घिमिरे र राममणि घिमिरे रहेका छन् । कार्यक्रममा बोल्दै नवगठित कार्यसमितिका अध्यक्ष घिमिरेले घिमिरे बन्धु बान्धवहरूको वंशावली उतार्ने कार्यदेखि घिमिरेहरूको उत्पतिको नालीबेली केलाउँदै एउटा व्यवस्थित दस्तावेज बनाउन केन्द्रीय समितिलाई सहयोग गर्ने जानकारी दिए ।

समितिका केन्द्रीय प्रतिष्ठानका सचिव अजय घिमिरेले हाल ४५ जिल्लामा जिल्लास्तरीय समिति गठन भइसकेको र निकट भविष्यमा ७७ वटै जिल्लामा गठन हुने जानकारी दिए । घिमिरे बन्धु प्रतिष्ठानको केन्द्रिय कार्यालय कोटेश्वरमा रहेको छ ।

सम्बन्धित समाचार