प्रतिनिधिसभा बैठक शुरू, एमालेको नारावाजीबीच प्रतिस्थापन विधेयक अघि बढाइयो (लाइभ)

प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ । बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ । सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । सभामुखले एमाले विरोधका बीच सदनको कारवाही अघि बढाएका छन् ।



विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन् । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरू र विनियोजन विधेयक निर्णयार्थ पेस गरिने कार्यसूचीमा उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दैछन् ।

 

https://hr.parliament.gov.np/np/parliamentLive

सम्बन्धित समाचार